बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलान्चोक घर भइ हाल ललितपुर महानगरपालिका-२७, सुनाकोठी बस्दै आएका २८ वर्षीय दीपक लामालाई प्रहरीले ०८० असोज २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज २० गतेदेखि २३ गतेसम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २४ गते प्रहरी वृत्त, चापागाउँमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २४ गते पाटन अस्पतालमा भयो । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका आनुसार आरोपितलाई असोज २५ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


विमल पौडेल