बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असोज २३ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका-३ का ५७ वर्षीय देउमान विश्वकर्मालाई असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत १९  गते गरिएको छ ।


सुरेश खत्री