बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असोज १४ गते

२२ वर्षीया दुई जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा धनुषा जिल्लाको सहिद नगरपालिका–४ मौरिया टोलका २३ वर्षीय अनिकित कुमार यादव र पर्सा जिल्ला पर्टेवा सुगौली गाउँपालिका–४ का २२ वर्षीय सुचित चौधरीलाई गिरफ्तार गरेको छ ।

आरोपितहरूले पीडितहरूलाई ०८० भदौ ३१ गते सामूहिक बलात्कार गरेको भन्दै असोज ९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

दुई जना आरोपितहरूलाई ०८० असोज १२ गते गिरफ्तार गरी असोज १३ गते जिल्ला अदालतबाट एक हप्ताको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो । घटनामा संलग्न अर्का एक जना आरोपित सर्लाही जिल्ला बसबरीया गाउँपालिका–२ मानपुरका २४ वर्षीय रोहन यादव फरार रहेकोले खोज तलास भइरहेको उहाँले बताउनु भयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण असोज १० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको छ ।


बुधन साह