बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असोज १३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वालिङ नगरपालिका– ८ मोड बस्ने ४१ वर्षीय हर्क बहादुर डाँगीलाई प्रहरीले २०८० असोज ११ गते वालिङबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले २०७९ जेठमा बलात्कार गरेको भन्दै पीडित पक्षले २०८० असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा प्रहरीमा उजुरी दिए । बलात्कारबाट बालिका गर्भवती भएर २०७९ फागुन १० गते बालकलाई जन्म दिएको जाहेरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका एसपी सञ्जय राउतले बताउनुभयो ।

आरोपित विरुद्ध असोज ११ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी राउतले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ११ गते स्याङ्जा जिल्ला अस्पतालमा गरिएको छ ।


समीक्षा ढकाल