बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असोज ८ गते

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका-३, गुप्तेश्वरका ४७ वर्षीय दिलबहादुर कार्कीलाई प्रहरीले ०८० असोज ६ गते गाउँबाटै गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शैलेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते मन्थली अस्पतालमा भयो । प्रहरीले आरोपित विरुद्ध असोज ७ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इन्सपेक्टर खड्काले बताउनु भयो ।


नवराज घिमिरे