बलात्कार घटनाका आरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ ।

महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा घरबाट नजिकैको जङ्गलमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शैलेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ५ गते मन्थली अस्पतालमा भयो ।


नवराज घिमिरे