बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असोज ३ गते 

मनोसामाजिक समस्या भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्वा गाउँपालिका-६ का ३१ वर्षीय पाण्डव तामाङलाई असोज २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० भदौ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बालीस्टार सिंहले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ३१ गते गरिएको छ ।


सरस्वती बानिया