बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दोधराचाँदनी नगरपालिका–३ का १८ वर्षीय खेमसिंह साउँद, सोही ठाउँका १९ वर्षीय अरवीन महता र १७ वर्षीय बालकलाई ०८० भदौ २५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले भदौ २५ गते दिनुभएको उजुरीका आधारमा घरमा लुकेर बसेको अवस्थामा आरोपितहरुलाई भदौ २५ गते नै गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, दोधराचाँदनीका इन्स्पेक्टर अर्जुन साउदले बताउनु भयो ।
भदौ १५ गते गौरा पर्वमा मेला हेर्न गएकी बालिकालाई ललाईफकाई नजिकै रहेको उखुबारीमा लगेर भदौ १५ गते बलात्कार गरेको र भदौ १९ गते दोधरा चाँदनी नगरपालिका–२ स्थित मायापुरी सामुदायिक बनमा बलात्कार गरेको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २५ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…