बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० भदौ २४ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका–८ मुगाका ६७ वर्षीय रङ्गलाल तामाङलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयमा इन्स्पेक्टर अनिलकुमार शाहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २२ गते गरिएको छ ।


ईश्वर थापा