बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडाैँको बुढानीलकण्ठ नगरपालिका-१० घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१, स्वर्गलोकमा रहेको हेटौँडा सिटी हस्पिटल सञ्चालन गर्दै आएका ३६ वर्षीय डा. वसिम राईलाई प्रहरीले ०८० भदौ १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ १८ गते राति आफ्नै कोठामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ १९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन हेटौँडा अस्पतालमा भयो । प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताउनु भयो ।


पुष्पराज अधिकारी