बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० भदौ १९ गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नवलपरासीको सुनवल नगरपालिका-१२ घर भएका जिल्ला तथ्याङ्क कार्यालय, भरतपुरका कार्यालय प्रमुख ४४ वर्षीय यज्ञमूर्ती भण्डारीलाई प्रहरीले ०८० भदौ १७ गते गिरफ्तार गरेको छ ।

आफ्नै कार्यालयमा कार्यालय सहयोगी रहनुभएकी पीडित महिलालाई आरोपितले विगत चार वर्षदेखि पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १३ गते भरतपुर अस्पतालमा गर्दा चार महिनाको गर्भ फाल्ने क्रममा अत्याधिक रक्तस्राव भएपछि उहाँको सम्बन्धबारे खोजी भएको थियो । उहाँ सम्बन्ध विच्छेद भइ बस्नुभएकी महिला हुनुहुन्छ । हाल उहाँको भरतपुर अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।


दिपेन्द्र अधिकारी