बलात्कार घटनाका आरोपित गिरफ्तार

 ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले २०८० भदौ १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई २०८० भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीका आधारमा प्रहरीले बालकलाई घरबाटै गिरफ्तार गरेको हो ।

आरोपितलाई गिरफ्तार गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्स्पेक्टर कुमार गुरुङले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण २०८० भदौ १५ गते बेनी अस्पतालमा गरिएको छ ।


अमृतप्रसाद पौडेल