बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० भदौ २ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-२ सुम्वेकका ६६ वर्षीय हजुरबुबालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक र अन्तिम पटक ०८० साउन ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा मौखिक उजुरी दिएको थियो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि साउन ३१ गते घरबाटै गिरफ्तार गरेको र आरोपितविरूद्ध साउन ३२ गते लिखित उजुरी आएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्ट विपिन विश्वकर्माले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १ गते गरिएको छ ।


मनोज अधिकारी