बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–७ गइरगट्टीका २२ वर्षीय मुक्तिनाथप्रसाद बरईलाई साउन २८ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २५ गते बलात्कार गरेको भनी पीडित बालिकाले साउन २८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएकी छन् ।
पीडित बालिकाका अनुसार खाजा खान भनी भैरहवास्थित बाग्लुङ्ग होटल एण्ड गेष्ट हाउसमा लगेर आरोपितले बलात्कार गरेकाले न्यायका लागि प्रहरीमा उजुरी दिइएकोे हो । पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २६ गते भिम अस्पताल भैरहवामा गरिएकोे अस्पतालले जनायो ।
त्यसैगरी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–२ मझगाँवाका २२ वर्षीय सलमान खानविरुद्ध साउन २८ गते उजुरी दर्ता गरेको जनाएको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते बलात्कार गरेको भनी पीडित बालिकाले साउन २७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएकी हुन् ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २७ गते भिम अस्पताल भैरहवामा गरिएकोे अस्पतालले जनायो ।
बाबुुबाटै यौन दुर्व्यवहार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबुलाई साउन २८ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २४ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाले आमाको सहयोगमा साउन २८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको बताइन् ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २८ गते भिम अस्पताल भैरहवामा गरिएकोे अस्पतालले जनायो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…