बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० साउन २६ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-८ का ३१ वर्षीय भूपेन्द्र भुजेललाई प्रहरीले ०८० साउन २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले आफ्नै घरमा लगि साउन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २५ गते मन्थली अस्पतालमा भयो । प्रहरीले आरोपितविरूद्ध साउन २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा न्यायाधीश इन्दिरा शर्माको इजलासले सोही दिन पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।


नवराज घिमिरे