बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १४ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।

पीडित बालिकाका परिवारका अनुसार बालिकासँग खेल्ने बहानामा आरोपितले घर नजिकैको जङ्गलमा लगेर बलात्कार गरेको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान  भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

यसैगरी, २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–७ नेडरहवाका २२ वर्षीय विरेन्द्र लोध विरूद्ध साउन ११ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी  दिएको छ ।

पीडितलाई आरोपितले असार ३० गते बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएको र आरोपित फरार रहेको  इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर दिपेश खरेलले फोन मार्फत बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।


रीमा बिसी