बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० साउन ५ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–२ का ३६ वर्षीय पुनिमल लुहारलाई साउन ४ गिरफ्तार गरेको छ ।

ताँजाकोट गाउँपालिका–१ जिउछा स्थित भेडी गोठमा साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपित विरुद्ध साउन ४ गते उजुरी दिएकोे छप्रेला प्रहरीचौकीका प्रहरी जवान टिकाराम तिमल्सिनाले बताउनु भयो ।

घटनास्थलबाट सदरमुकाम पुग्न तीन दिन लाग्छ । पीडित बालिकाको स्वास्थ्य परिक्षणका लागि जिल्ला सदरमुकाम सिमकोट ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएपी भिमलाल भट्टराईले बताउनु भयो ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत