बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ फागुन २१ गते

साढे तीन वर्षीया बालिकालाई फागुन १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटको गढीमाइ नपा-७ का १८ वर्षीय छोटे भनिने फैजान अन्सारीलाई फागुन १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकासहित उनका अभिभावक फागुन १६ गते प्रहरीको सम्पर्कमा आएका थिए । पीडित सम्पर्कमा आएपछि पीडित बालिकाको स्वास्थ्य परीक्षण गौर अस्पतालमा गराउँदा बलात्कार भएको प्रमाणित भएकाले आरोपितलाई फागुन १७ गते गिरफ्तार गरीएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर गोविन्द थापाले बताए ।

पीडित बालिकाको उपचार गौर अस्पतालमा हुन नसकेपछि हाल बीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा लगी उपचार गराइएको छ ।


बिपिन गौतम