बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० साउन ५ गते

७३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्ला कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम बिकलाई साउन ४ गते गिरफ्तार गरेको छ ।

आँखाको उपचारका लागि तुलसीपुर आउनु भएको पीडितसँग उपचार गर्ने रकम नभएकाले  बसपार्क नजिकैको पीपल बोट मुनि बसिरहेका बेला रात परेपछि गाडीका हेल्परहरु रोका र बिकले तुलसीपुर उमनपा–५ स्थित बसपार्कमा पार्किङ गरिराखेको ना ४ ख ७८४८ नम्बरको  बसभित्र लगेर बलात्कार गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

पीडितका आफन्त आए पछि उजुरी दर्ताको प्रक्रिया अघि बढाइने डिएसपी मल्लले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरी तुलसीपुर उपमनपाको सेफहाउसमा राखिएको प्रहरीले जनाएको छ ।


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज