बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–४ बालाङखाका २४ वर्षीय शुक्र विकलाई असार २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षकाे उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बू बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २८ गते गरिएको छ ।


गणेश विष्ट