बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० असार २८ गते

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नगरपालिका–८ का २० वर्षीय प्रमोद पासमानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असार २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई ०७९ चैत ७ गते बलात्कार गरेको र गाउमै घटना मिलाउने प्रयास भए पनि घटना नमिल्दा जिल्ला प्रहरी कार्यालय सिरहामा असार २४ गते उजुरी दिएको पीडित पक्षले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा असार २४ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्र राज पाण्डेका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।


दुर्गा परियार