बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवती र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय बाबुलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले ०७९ भदौमा बलात्कार गरेको भन्दै पीडितद्वय र पीडितकी आमाले आरोपितलाई कारवाहीको माग गर्दै असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

सो उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरहरी अधिकारीले जानकारी दिनु भयो ।पीडितहरूको स्वास्थ्य परीक्षण असार १९ गते दमौली अस्पतालमा गरिएको र आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।


प्रकाशचन्द्र भट्टराई