बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-४ का २५ वर्षीय अर्जुन बिक र सोही ठाउँका २० वर्षीय राजेश सुनारलाई फागुन १६ गते राति गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

घटनाका अर्का आरोपित चापाकोट नपा-४ का २० वर्षीय दिपिन बिक फरार रहेकाले खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय, वालिङका सई नवराज केसीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १६ गते नै वालिङ प्राथमिक केन्द्रमा गरिएको वडा प्रहरी कार्यालय, वालिङले जनाएको छ ।


हिमलाल पराजुली