बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ २५ गते

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ ८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले जेठ २० गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिनुभएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २० गते प्रादेशिक अस्पताल लहानमा भएको थियो ।

इलाका प्रहरी कार्यालयल लहानका डिएसपी भोला कुमार भट्टका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।


दुर्गा परियार