बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खूका २९ वर्षीय राजन राईलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई मानेभञ्ज्याङ गाउँपालिका–४ केतुकेबाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र दासले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २५ गते गरिएको छ ।


सरस्वती बानियाँ