बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडितले जेठ २१ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिनु भयो ।

उजुरीका आधारमा आरोपितलाई  गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको  इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर  विरेन्द्र केसीले बताउनु भयो ।

सामान खरिद गरेर घर फर्किदै गर्दा आरोपितले घर भित्र पसेर बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  जेठ २१ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गराइएको डाक्टर नुरुल होदाले  जानकारी दिनुभयो ।

 


नारायण पराजुली