बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जेठ २१ गते जिल्ला प्रहरी कार्यलय गोरखामा उजुरी दिएका थिए ।

सोहि उजुरीका आधारमा गिरफ्तार परेका आरोपिलाई जेठ २१ गते नै जिल्ला अदालत गोरखामा बलात्कार शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २१ गते गोरखा अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती