बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ फागुन १४ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय, १२ वर्षीय, ११ वर्षीय र १० वर्षीय बालकलाई आरोपितको घरबाटै फागुन १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ११ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाका अभिभावकले फागुन १२ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएका थिए ।

पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा आरोपितहरूविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्सपेक्टर दिपेश बस्यालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १२ गते नै लुम्बिनी अञ्चल अस्पताल गरिएको पनि इन्सपेक्टर बस्यालले बताए ।


रीमा बिसी