बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ १६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने प्रलोभन दिइ बलात्कार गरेको भन्दै पीडित परिवारले जेठ १४ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएका थिए ।

आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ १६ गते उजुरी दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते धादिङ अस्पतालमा भयो ।


सीताराम अधिकारी