बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ १४ गते

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका-५ रामपुर घरभइ रामेछाप नगरपालिका-६ आख्रेनी मामाघर आएका १४ वर्षीय बालकलाई प्रहरीले ०८० जेठ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको रामेछापका प्रहरी प्रवक्ता इन्स्पेक्टर राजु ढकालले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल रामेछापमा भयो ।


नवराज पथिक