बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ ११ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बोसेललाई प्रहरीले जेठ ७ गते  पोखरा महानगरपालिका–११ कास्कीबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीका दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई कास्कीबाट गिरफ्तार गरी जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको इन्स्पेक्टर किरण लामाले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण  जेठ ३ गते बेनी अस्पतालमा गरिएको छ  ।


अमृतप्रसाद पौडेल