बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ देवीनगरका १९ वर्षीय अजितसिंह चौधरीलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पहिलो पटक वैशाख १ गते र अन्तिम पटक जेठ ६ गते बलात्कार गरेको भनी पीडितले जेठ ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।
पीडितका अनुसार आरोपितले विभिन्न डरधम्की दिएर पटकपटक बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको इन्सेककर्मीलाई बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ६ गते गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको अस्पतालले जनायो ।
त्यसैगरी २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–६ बगौलीका २८ वर्षीय मनु भन्ने गौरी शङ्कर त्रिपाठी विरुद्ध जेठ ९ गते उजुरी दर्ता गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ १ गते बलात्कार गरेको भनी पीडितले जेठ ९ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ७ गते भिम अस्पताल भैरहवामा गरिएको अस्पतालले जनायो ।
त्यसैगरी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–७ भैसागानका २० वर्षीय रियाद अहम्दलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडितले जेठ ९ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ७ गते भिम अस्पताल भैरहवामा गरिएको अस्पतालले जनायो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…