बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका-५, गोलढुङ्गाका ३६ वर्षीय आशिष थापालाई ०८० जेठ ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ललाइ फकाइ पीडितको निवासमा ०७९ फागुन १२ गते बलात्कार गरेको भन्दै ०८० जेठ ३ गते पीडितले प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो ।
घटनापछि पीडितलाई विवाह गर्ने आश्वासन दिँदै आएका आरोपितले धम्की समेत दिएपछि उजुरी आएको जिल्ला प्रहरी परिसर जावलाखेलका सहप्रवक्ता एवम् डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ७ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट जेठ ८ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको डिएसपी साहले बताउनु भयो ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…