बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० जेठ ९ गते

१९ वर्षीया महिलालाई जेठ ७ गते बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका-६ का २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नवराज परियारलाई प्रहरीले जेठ ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले आरोपितविरूद्ध जेठ ८ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएकी छन् ।

पीडित महिलालाई भे १० प ५५२ नं. प्लेटको मोटरसाइकलमा सोही नगरपालिका-७ बठनपुरस्थित जङ्गलको छेउमा रहेको मचानमा लगि बलात्कार गरेको पीडितको आरोप छ ।

पीडितले आरोपित विरूद्ध दिएको उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट बकुवा र इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले मोटरसाइकलसहित गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बर्दियामा जेठ ९ गते गरिएको छ ।


लक्ष्मी थारू