बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–८ का ५० वर्षीय जनकु चौधरीलाई वैशाख ३१ गते  लमहीबाट  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रलोभन देखाएर ०७९ पुस १८ गते बलात्कार गरेको र गाउँमै छलफल गरेर मिलाउने प्रयास असफल भए पछि ढिलो गरी वैशाख ३० गते पीडित पक्षले जिल्ला प्रहरी कार्याललयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

 


जयनारायण पुन