बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० वैशाख २८ गते

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताँजाकोट गाउँपालिका–३ का १९ वर्षीय हेमन्त परियारलाई ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले २०७९ कात्तिक २१ गते बलात्कार गरी गर्भ राखेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध  वैशाख २३ गते छप्रेला प्रहरी चौकी ताँजाकोटमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भिमलाल भट्टराईले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २७ गते जिल्ला अस्पताल हुम्लामा गरिएको स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले बताउनु भएको छ ।


नन्द सिंह