बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१४ का ४२ वर्षीय डोरबहादुर खत्रीलाई वैशाख २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा वैशाख २१ गते उजुरी दिएका थिए ।

आफ्नै होटेलमा काम गर्ने महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।


जयनारायण पुन