बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–६ सुदापका ६२ वर्षीय गोपाल गुरुङलाई वैशाख २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७९ वैशाख २५ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरूद्व ०८० वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २५ गते गरिएको छ ।


सुरेश खत्री