बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दिक्तेल नपा-५ का ३५ वर्षीय कुमार खत्रीलाई प्रहरीले असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीकै आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नवकिशोर प्रधानले जानकारी दिए । उजुरी आए लगत्तै आरोपित फरार रहेको पनि प्रधानले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा गरिएको पनि प्रधानले बताएका छन् ।


सुनिता मगर