बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८० वैशाख १७ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत देश घर भइ हाल ललितपुर महानगरपालिका-२३, धापाखेल बस्ने १४ वर्षीय बालकलाई प्रहरीले ०८० वैशाख १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई ललाइ फकाइ आफ्नै निवासमा लगी वैशाख १५ गते बलात्कार गरेको भन्दै सोही दिन पीडितकी आमाले प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो ।

घटनापछि पीडितलाई आरोपित बालकका बुबाले भगाएर भारततर्फ पठाएको आरोपमा ५० वर्षीय आरोपित बालकको बुबालाई समेत गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

आरोपित बालक र बालकको बुबालाई गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट वैशाख १७ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको डिएसपी साहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।


दीपकप्रसाद घिमिरे