बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०७९ पुस २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले ७० वर्षीया वृद्धलाई ०८० वैशाख १३ गते गिरफ्तार गरेको छ ।

अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, पाटनका इन्स्पेक्टर कमलप्रसाद चौधरीले बताउनु भयो ।

पीडित पक्षले वैशाख १२ गते इलाका प्रहरी कार्यालय, पाटनमा दिएको उजुरीका आधारमा आरोपितलाई गरिएको हो ।

बालिकाको स्वास्थ्य परीक्षण वैशाख १२ गते प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा गरिएको छ ।

आरोपित पीडितका आफन्त मध्येकै पर्ने भएकाले परिचय गोप्य राखिएको र वैशाख १४ गते जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहको समेत इन्स्पेक्टर चौधरीले बताए ।


नरी बडु