बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत ३० गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतहट जिल्ला राजदेवी नगपालिका– ५ का २० वर्षीय राजा हुसेनलाई प्रहरीले चैत २८ गते कुश्मा बजारबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ चैत ७ गते बलात्कार गरेको भन्दै पिडितकी आमाले चैत २७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते पर्वत अस्पतालमा भएको छ ।

आरोपितलाई चैत २८ गते बलात्कार मुद्दा अन्तर्गत ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर प्रकाश रावतले जानकारी दिनुभयो ।


सन्तोष थापा