बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया भाञ्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी  गाउँपालिका–२ बासाका १९ वर्षीय मामालाई चैत १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इनस्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २० गते गरिएको छ ।


अञ्जु कार्की