बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत १३ गते 

दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–८ का १६ वर्षीय समिर सुनुवारलाई चैत ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ११ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर दलकुमार राईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल इनरुवामा चैत ११ गते गरिएको जनाएको छ ।

 


जयकृष्ण यादव