बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत १४ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले चैत १३ गते बलात्कार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा चैत १४ गते उजुरी दिएको पीडितले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा चैत १४ गते भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेका अनुसार घटनाको मौखिक जानकारी चैत १३ गते नै आएकोले आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।


दुर्गा परियार