बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले धनकौल गाउँपालिका–६ छटौल का २८ वर्षीय राजा भनिने राजेन्द्र प्रसाद सिंहलाई चैत ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन ८ गते उजुरी दिनुभएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई चैत ७ गते गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलाश राईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।


बुधन साह