बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई माघ २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई माघ २८ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले माघ २८ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार गुरूङले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण  माघ २८ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।


नारायण पराजुली