बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतको फलदेवास नगरपालिका थापाठानाका २१ वर्षिय सुनिल थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत ४ गते कुश्मा बजारबाट गिरफ्तार गरेको छ ।

बालिकालाई चैत ४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्वतमा चैत ४ गते नै उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।

बालिकाको चैत ४ गते पर्वत अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर प्रकाश रावतले बताउनुभयो ।

आरोपितलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत बलात्कार मुद्दा अन्तरर्गत म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको इन्सपेक्टर रावतले जानकारी दिनुभयो ।


सन्तोष थापा