बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी डुडुवा गाउपालिका –३ बाबुपुरूवाका ३३ वर्षीय बजरंगबली लोहारलाई बाबुपुरूवा गाउँबाट फागुन ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी रामप्रसाद घर्तीले बताउनु भयो ।

बालिका बिहान खेतमा लसुन लिन गएको मौकापारी आँपको बगियामा लगेर बलात्कार गरेको पीडित पक्षले बताए ।

पीडितको स्वास्थ्य परीक्षण तथा उपचार फागुन ३० गते भेरी अस्पतालमा भयो । बालिका यौनाङ्गबाट रक्तश्राव भए पछि उपचार पछि चैत २ गते घर लगिएको छ ।


लक्ष्मी थारू