बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–३ भडरीका २२ वर्षीय सनिस चौधरीलाई फागुन ३० गते गिरफ्तार गरेको छ ।
फागुन २० गत आरोपितले बलात्कार गरेको भन्दै पीडित बालिकाले फागुन २७ गते आमालाई जानकारी गराएपछि फागुन २९ गते आरोपित विरुद्ध उजुरी दिए पनि फागुन ३० गते मात्रै उजुरी दर्ता भएको पीडितका बुवाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरी फागुन २९ गते इलाका प्रहरी चौकी, हसुलियामा आएकाले जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउनु पर्ने हुनाले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरी पाँच दिनको म्याद थपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहनबहादुर सिंहले बताउनु भयो ।
पीडित बालिकाको स्वाथ्य परीक्षण फागुन २९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडितका बुवाले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…